आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार ०९:१४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने र पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको
आवश्यक सतकर्ता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमवर्षा भईरहेको जानकारी दिएको छ ।

यसैगरी, महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी, र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।