थप १८०१ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २ सय २३ र ३ हजार जनाको एन्टीजेन परीक्षण गर्दा ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएको मनत्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरका एक हजार ६ सय ६७ जना कोरोनामुक्र भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ५ सय ५० जना संक्रमितको मृत्यु भएको छ ।
देशभर २५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २२ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ६५१ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५६१ जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
