मकवानपुरका दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार ०९:०७
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शनिबार साँझ ६ बजेको समयमा मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारबाट कैलाश गाउँपालिका–४ झ्याङ्नेका अन्दाजी १५ बर्षीय एक जना किशोर र अन्दाजी १४ बर्षीय अर्का किशोरलाई  नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई मकवानपुरको कैलाश गाउँपालिकास्थित अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले ९ केजी ४ सय ग्राम गाँजासहित कैलाश–९, नामटारबाट नियन्त्रणमा लिएको हो ।

पैदल हिँडिरहेका उनीलाई शंका लागि चेकजाँच गर्दा ५ केजी १ सय ग्रामको एक पोका र ४ केजी ३ सय ग्रामको एक पोका गाँजा बरामद भएपछि निजहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरी निरीक्षक रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*