थप १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ६ हजार ८ सय ५८ जनाको पीसीआर र ३ हजार २ सय ८ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यससँगै देशभर हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ । तीमध्ये हालसम्म ६ लाख ३० हजार ४ सय ७ जना संक्रमणमुक्त भइसकेको छन् । पछिल्लो २४ घण्टामा २ हजार १ सय ६४ जना संक्रमणमुक्र भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट ९ हजार ५ सय २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
