सकियो पैसा, रोकिएन कोरोना

पत्रपत्रिका
२०७८ असार २९, मंगलवार ०७:५८
filr-photo

काठमाडौं । सरकारी तथ्यांक अनुसार कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले आर्थिक वर्ष २०७६/०७७मा १३ अर्ब ५४ करोड खर्च गरिसकेको छ । चालू आर्थिक वर्षको वैशाखसम्ममा ९ अर्ब ६० करोडकोरोनाका नाममा खर्च भैसकेको छ ।

आगामी आवको वार्षिक बजेटमाखोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन भएको छ । यो अवधिमा रोकथाम र नियन्त्रण तथा उपचार कोषबाट भएको खर्च,रोकथामका नाममा संघीय बजेटबाट विभिन्न मन्त्रालयमागएको रकम रप्रदेशतथास्थानीय सरकारहरूलेगरेको खर्चको हिसाब अलग्गै छ ।

खर्च केमा भयो ? यो रकमले असहाय गरिबलाई कति उपचार गर्यो ? कुनै तथ्यांक छैन । मानिसहरु अक्सिजन नपाएर मरेको तथ्यांक अस्पतालहरुले दिइरहेका छन् । निजी अस्पतालमा जाने हो भने उपचार गर्ने रकम नभएर मर्नुपर्ने अवस्था छ । सरकारी अस्पतालहरु बिरामी भर्ना गर्न नमानेर अनेक बहनामा तर्किरहेकाछन् । तैपनि राज्यको खर्च अर्बौंमा भैरहेको छ । शायद कतिका लागि कोरोना कमाइको अर्को माध्यम बनेको छ ।

विभिन्न बहानामा खर्च गरेको रकम र सामान आयातमा देखिएको कमिसनको चक्करका लागि ओम्नी ग्रुपसमेतको सार्वजनिक लेखा समितिमा परेको उजुरीउपर छानबिन यसैको ज्वलन्त उदाहरण हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*