हेटौँडाबाट पर्सा जाँदै गरेको ट्रकमा २४७ किलो गाजा बरामद

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १८:०२

पर्सा । वीरगञ्ज महानगरपालिका–२५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट प्रहरीले २ सय ४७ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

उक्त गाँजा वशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

सोमबार दिउँसो हेटौँडाबाट पर्सा हुँदै भारततर्फ जाँदै गरेको उक्त भारतीय ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक ट्रकछोडेर फरार भएपछि २३ वटा पोकाभित्र रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

हाल फरार रहेका ट्रक चालकको खोजी गर्नुका साथै उक्त घटनाको विषयमा आवश्यक अनुन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*