नेपालमा २२३९ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार १६:४७
file-photo

मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

६ हजार ६ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ७९ जना र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ६० गरी २ हजार २ सय ३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३ सय १६ जना निको भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*