भारतको उत्तर प्रदेशमा कप्पा भेरियन्ट फेला

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार १६:४१
filr-photo

भारत । भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको कप्पा भेरियन्ट (बी.१.६१७.१) फेला परेको छ। उत्तर प्रदेश सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुई जनामा यो भेरियन्ट फेला परेको जानकारी दिएको हो।

‘पछिल्लो दिनमा किङ्ग जर्ज मेडिकल कलेजमा १०९ नमूनाहरू परीक्षण गरिएको थियो। यी मध्ये १०७ नमूनामा डेल्टा प्लस र दुईमा कपा भेरियन्ट फेला पर्‍यो,’ विज्ञप्तिमा भनिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार राज्यका अतिरिक्त मुख्य सचिव (स्वास्थ्य) अमित मोहन प्रसादले कपा भेरियन्टको पहिले पनि राज्यमा पत्ता लागेको दाबी गरेका छन्।

‘त्यहाँ चिन्ता लिने कुनै कुरा छैन। यसको उपचार गर्न सकिन्छ,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*