थप २९७९ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ९ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ जनामा र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै आज देशभर एक हजार ३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २८ जना संक्रमितको मृत्यु भएको छ।
