बागमती प्रदेशसभाको बैठक असार २६ गते बस्ने

तु खबर संवाददाता
२०७८ असार २३,बुधबार १६:४४

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २६ गते बस्ने भएको छ । बैठक असार २६ गते अपराह्न ३ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको गत असार २१ गते बसेको बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुले अवरुद्ध गरेका थिए । उनीहरुले विनियोजित बजेटको राजश्व र व्ययमाथि छलफल गर्ने क्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि माग गरिएअनुसारको योजना र बजेट वितरणमा पक्षपात गरेर आफ्नो दलका नेताहरुलाई लक्षित गरेको आरोप लगाँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

प्रतिपक्ष दलहरुले बैठक अवरुद्ध गरेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको बैठक पुनः बस्न लागेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

उनका अनुसार, भोलि शुक्रबार कार्यपरामर्श समितिको बैठक बसेर विनियोजित बजेटको क्रमागत मन्त्रालयले छलफल अगाडि बढाउने र प्रतिपक्षहरुले उठाएको सरोकारको विषयमा पनि छलफल गरी सहमतिमा ल्याई बजेट पारित गर्ने लक्ष्य रहेको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि गत असार १ बजे बजेट सार्वजनिक गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*