भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम हुने

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार १७:५९

मकवानपुर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीका दिनमा नवोदय साहित्यिक बगैँचा बालक्लवले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी यही असार २९ गते भानु जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

क्लबकी अध्यक्ष अनुषा उप्रेतीले आदिकवि भानुभक्त आचार्यको जीवन कथामा आधारित नाटक प्रदर्शनी, पोलिङ, वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस, तीन पुस्ते साहित्यकारहरुले रचना वाचन गर्ने, समालोचनात्मक दृष्टिकोणको साहित्यकार निमेष निखिलले प्रस्तुत गर्ने र विषयगत ५ वटा दिमाग खिवाउने प्रश्न सोधिने बताइन्।

कार्यक्रममा वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पत्रकारबाट सुरेश श्रेष्ठ, शिक्षकबाट दीपक गौतम, विद्यार्थीबाट धनगडीका विभूती अधिकारी र बालसाहित्यकार यशु श्रेष्ठले बहस गर्नेछन् ।

यसैगरी तीन पुस्ते साहित्यकार रचना वाचनमा मुना अर्याल, पुरुषोत्तम आचार्य र प्रसन्ना चौलागाईँले रचना वाचन गर्ने अध्यक्ष उप्रेतीले बताइन्।

नेपाली भाषा र साहित्यको जगेर्ना गर्ने, साहित्यतर्फ आकर्षित गराउँदै रचना मार्फत समाज सुधार गर्न, विभिन्न साहित्यकाहरुको स्मरण गर्दै सम्मान गर्न,नेतृत्व क्षमता तथा व्यक्त्तित्व विकास गराउँदै सिर्जनशील बन्न, तार्किक साथै काल्पनिक क्षमताको विकास गराउन, कुनै पनि काम गर्दा सञ्चार, सहकार्य, सिर्जनात्मक, समालोचनात्मकताको विकास गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको उप्रेतीको भनाइ रहेको छ।

गत वर्षदेखि नवोदय साहित्यिक बगैँचा बालक्लबले भानु जयन्ती विशेष कार्यक्रम गर्दै आइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*