विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला नेता नेपाल र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
एमाले विवाद उत्कर्षमा पुगेको बेला नेता नेपाल र प्रचण्डबीच भेटवार्ता हुनुलाई चासोका साथ हेरिएको छ ।
स्रोतका अनुसार नेपालसंग कुराकानी गर्न प्रचण्ड मंगलवार दिउँसो उनको निवास कोटेश्वरमा पुगेका थिए ।
एमालेको विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला नेकपा हुँदा एउटै समूहमा रहेका नेपाल र प्रचण्डबीच कुराकानी भएको हो।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध बनेको विपक्षी गठबन्धनमा नेपाल र प्रचण्ड दुबै जना छन्। नेपाल समूहका २३ जना प्रतिनिधि सभा सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा हस्ताक्षर गरेका छन्।
आजै प्रचण्डले उक्त मुद्दामा सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र देउवा नै प्रधानमन्त्री हुने बताएका थिए।
