कोरोनाबाट हेटौँडा अस्पतालमा थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार १६,बुधबार १५:४६
सांकेतिक तस्बिर

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण हेटौँडा अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणका कारण मकवानपरको बागमती गाउँपालिका वडा नम्वर १ बस्ने ७० वर्षीय पुरुष रहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालमा कोभिड इन्चार्ज ढा. सागर काफ्लले जानकारी दिए ।

उनका अनुसार, ती पुरुषको हेटौँडा अस्पतालको आइसियू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै हेटौँडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ९९ जना पुगेको छ । जसमा ३५ जना महिला र ६४ जना पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*