मकवानपुरका दुई जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुरको राक्सिराङबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ का २० वर्षीय प्रताप स्याङतान र कैलाश गाउँपालिका वडा नम्वर २ बस्ने ४३ वर्षीय लालबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कायर्षलय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार, उनीहरुलाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपक राज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले ७९ किलो लागूऔषध गाँजासहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
शुक्रबार राक्सिराङ–५ स्थित परेवाभिर सडकखण्डमा कैलाशबाट मनहरीतर्फ बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेका ८/९ जना व्यक्ति मध्ये अन्य व्यक्तिहरु बोकि ल्याएको भारी फालि फरार भएको र उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।