लागूऔषधसहित बुद्धचोकबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०७८ असार १०,बिहीबार १९:०६
सांकेतिक तस्बिर

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्वर १० बुद्धचोकबाट अबैध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-३ घर भएका २९ वर्षीय लेख बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गुरुङलाई ८ केजी २ सय ग्राम गाँजासहित बुधबार साँझ पक्राउ गरेको हो ।

गुरुङको गोरखा मनकामना नर्सरीमा लागूऔषधको किनबेच गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*