ब्राजिलमा कोरोनाबाट एकैदिन झण्डै ३ हजार जनाको मृत्यु

एजेन्सी
२०७८ असार ३,बिहीबार १६:५८

ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट एकैदिन झण्डै तीन हजार जनाको मृत्यु भएको छ । यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको संक्रमणबाट मृत्यु भएको हो ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो । योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सोही अवधीमा थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भए बाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।
–सिन्ह्वा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*