बागमती प्रदेशसभाको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज सुरु भएको छ ।
प्रदेशसभाको आठौं अधिवेशनको छौठौं बैठकमा बिहिबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।
उक्त बैठकमा विभिन्न दलका नेताहरुले आ–आफ्नो तर्फबाट नीति तथा कार्यक्रमबारे सुझाब तथा धारणा व्यक्त गर्ने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
