‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’

पत्रपत्रिका
२०७८ जेष्ठ १९, बुधबार ०७:३३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। यस सम्बन्धि समाचार आजको नागरिक दैनिकमा छ ।

माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउन ओली तयार रहेको एमाले स्रोतको भनाइ छ । यसका लागि अध्यक्ष ओलीले पार्टी २०७५ जेठ २ गते फर्किएको घोषणा गर्नेछ । त्यसपछि त्यतिबेलाको स्थायी कमिटिको बैठक राखिनेछ ।

यसका लागि एमालेका दोस्रो तहका नेताहरु लागिपरेका छन् । ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सेरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई क्रियाशील रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*