जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपाले कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले कार्यकारिणी समितिलाई जेठ ८ र ९ गते बैठकका लागि बोलाएका छन् ।
मंगलबार नै अध्यक्षद्वय ठाकुर र यादवले सरकारको नेतृत्वमा दावी गरी संयुक्त विज्ञप्ति निकालेपछि कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।
पत्रमा उनीहरुले देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार विमर्श गरी निश्कर्षमा पुग्नुपर्ने भएकाले बैठक राखिएको उल्लेख गरेका छन् । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको छ ।
जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ ।
