पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ बैशाख १९, आईतवार १७:५५
file-photo

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान दिइएको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाँललाई पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्री ढकाल केहीदिन पहिले चितवनको अयोध्यापुरीमा राम सीताको मूर्ति स्थापना समारोहमा पनि सरिक भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*