बुधबारदेखि नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाइने
मकवानपुर । अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ ।
अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै वैशाख १५ गते बुधबार मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाइने जनाएको हो।
विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै यो निर्णय गरेको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जानकारी दिए।
हेर्नुहोस् सूचना

