बेलायतमा पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी
२०७७ चैत्र २९, आईतवार ०८:१८
filr-photo

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्मको एक सातामा २५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८० पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा २ हजार पाँच सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । गत एक हप्तामा १८ हजार ९७० जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या ४३ लाख ६८ हजार ४५ पुगेको छ ।

संक्रमित संख्या अघिल्लो हप्ताको तुलनामा ३२ प्रतिशतले ह्रास आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*