संसद् संचालनको लागि छलफल भइरहेको छ – प्रमुख सचेतक पाण्डे

तु खबर संवाददाता
२०७७ चैत्र २७, शुक्रबार १४:४७

मकवानपुर । बागमती प्रदेशसभाको अवरुद्ध संसद् पुनः संचालनको लागि गृहकार्य भइरहेको सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले बताएका छन् ।

तु खबरसंग कुराकानी गर्दै प्रमुख सचेतक पाण्डेले बैठक संचालनको सन्दर्भमा आवश्यक सहमति जुटाउन प्रमुख प्रतिपक्षी दलसहित अन्य प्रतिपक्षी दलहरुसँग छलफल भइरहेको बताए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विद्युतीय बस खरिद प्रक्रिया रोक्न र राष्ट्रिय सरोकारको विषयमा मुख्यमन्त्री डोरमणि पौडेलको जवाफ माग गर्दै संसद् अवरुद्ध गरेपछि संसद् बैठक लगातार स्थगित हुँदै आएको छ ।

माओवादी केन्द्रसहित प्रतिपक्षी दलको अवरोधका कारण संसद् संचालनमा कठिनाई भएको भन्दै प्रतिपक्षी दलहरुसंग छलफल गरी प्रदेशसभा बैठक आह्वानको गृहकार्यमा आफुहरु लागेको उनले बताए ।

प्रतिपक्षी दलहरुसंगको सहकार्यमा संसद् संचालन गरी प्रदेशसभामा छलफल भई पारित हुन बाँकी रहेको प्रदेश सार्वजनिक सडक पूर्वाधार विकासको लागि बनेको विधेयक पारित गर्ने तयारी भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*