पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा देवकोटा

तु खबर संवाददाता
२०७७ चैत्र २७, शुक्रबार १२:५४

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष पदमा नुवाकोटका शिव देवकोटा ५४१ मतसहित निर्वाचित भएका छन् ।

त्यस्तै चितवनका हरि पोखरेलले ४२१ मत प्राप्त गरेका छन् भने मकवानपुरका गिरिजा अधिकारीले २६१ मत प्राप्त गरेको पत्रकार महासंघ बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्ष पदमा मकवानपुरका रुपेश दुलाल ४५५ मतसहित विजयी भएका छन् । मकवानपुरकै हरि हुमागाईँले ४०१ मत प्राप्त गरेका छन् भने धादिङ्का नवराज छत्कुलीले ३३४ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षतर्फ मकवानपुरकी नानीमैया (सम्झना) कार्कीले ६९० मत ल्याएर बिजयी भएकी छिन् । अर्की उपाध्यक्ष महिलातर्फकी उम्मेदवार संगिता आचार्यले ४८४ मत प्राप्त गरेकी छिन् ।

महासंघको प्रदेश महासचिवमा मकवानपुरका कृष्णसारु मगर ७६९ मतसहित निर्वाचित भएका छन् भने धादिङ्का केशव अधिकारीले ४३१ मत प्राप्त गरेका हुन् ।

सचिव पदमा सिन्धुपाल्चोकका युवराज पुरी ६५९ मतसहित निर्वाचित भएका हुन् भने अर्का उम्मेदवार दयाराम महतले ४९० मत प्राप्त गरेका छन् ।

सचिव समावेशीतर्फ दोलखाका जिवन लामाले ५४३ मत प्राप्त गरे भने सिन्धुलीका राजन विकले ६१७ मतसहित निर्वाचित भए ।

कोषाध्यक्ष पदमा रामेछापका रमेश ढुंगेल ६६२ मतसहित बिजयी भएका छन् भने अर्का उम्मेदवार अर्का उम्मेदवार रामचन्द्र नेपालले ५११ मत प्राप्त गरेका हुन् ।

खुल्ला सदस्य पदमा जीवन कुंवर ६३८, रामहरी गजुरेल ६१८, श्याम प्रसाद खतिवडा ५४८, सन्तोष भुजेल ५६५, सुदिप शिवाकोटी ६१९ मतसहित निर्वाचित भएका
हुन् ।

महिला सदस्यतर्फ अन्जु तामाङ ६७६, सम्झना हुँमागाई ६९०, र ज्ञानु श्रेष्ठ ६२८ मतसहित निर्वाचित भएका हुन् ।

सदस्य पदमा कृष्णप्रसाद ढुंगानाले ५२०, गोपी न्यौपानेले ५१२, प्रकाश सिग्देलले ५२६, प्रेमप्रसाद पौडेलले ४१६, लक्ष्मण घिमिरेले ४४३, सविता न्यौपानेले ५२५ र सविता श्रेष्ठले ५२४ मत प्राप्त गरेको भएपनि पराजित हुनुपरेको हो ।

दलित सदस्यतर्फ केशव नेपाली ६८० मतसहित निर्वाचि भएका छन् भने अर्का उम्मेदवार प्रकाश सिग्देलले ४६० मत प्राप्त गरको छन् ।

सदस्य आदिवासी जनजातीतर्फ काजी श्रेष्ठ ६१८,पेमा लामा ६१७ मतसहित निर्वाचित भएका छन् ।

सदस्य मधेशीतर्फ पवित्रा ढकाल भगत, र प्रविणकुमार दत्त र अल्पसंख्यक सदस्यतर्फ निराशी थामी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*