शीतल निवासमा सर्वदलीय बैठक सुरु

तु खबर संवाददाता
२०७७ चैत्र ३, मंगलवार १७:३९
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ । सर्वदलीय बैठक राष्ट्रपति भवन शीतल निवासमा सुरु भएको हो ।

उक्त बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ ।

तर, बैठकमा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने सहभागी भएका छैनन् ।

खनाल–नेपालले बुधबारका लागि तय भएको राष्ट्रिय भेलाको तयारी गर्नुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताएका छन् भने भट्टराई चाहिँ पार्टीबाट अन्य नेतालाई पठाएर आफू नगएका हुन् ।

प्रतिनिधिसभामा एमाले, काँग्रेस, माओवादी केन्द्रसहित जसपा, जनमोर्चा, मजदुर किसान पार्टी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*