माओवादी केन्द्रद्वारा कांग्रेस र समाजवादीसँग वार्ता गर्ने निर्णय
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
संगठनात्मक काम र अहिलेको परिस्थितिबारे पार्टीलाई प्रशिक्षित गर्न २९ गते केन्द्रीय कमिटीको बैठक र १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको छ ।
साबिकको नेकपा विभाजित हुँदा केपी ओली समूहतिर लागेका नेताहरुबारे कुनै निर्णय भएको छैन ।
