निर्वाचन तोकिएकै मितिमा गर्ने मन्त्रिपरिषद्को निर्णय

तु खबर संवाददाता
२०७७ माघ २७, मंगलवार १२:०१
file-photo

काठमाडौँ । आगामी वैशाख १७ गते ४० वटा जिल्लामा र २७ गते ३७ वटा जिल्लामा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपनि विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*