प्रदेश १ मा सत्तापक्षबाटै संसद अवरोध
विराटनगर । प्रदेश नम्बर १ को प्रदेश सभा ओली पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अवरुद्ध गरेको छ ।
आइतबार दिउँसो अबेर सुरु भएको बैठक ओली पक्ष नेकपाका सांसदहरुले अवरोध गरेका हुन् ।
ओली पक्षका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रदेश सभा बैठक स्थगित भएपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताब पेशहुन सकेन ।
