कोरोना प्रभावित पत्रकारलाई राहत प्याकेज ल्याउने सञ्चारमन्त्रीको घोषणा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ प्रभावित श्रमजीवी पत्रकारहरूलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवी पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफलमा उनले पत्रकारहरूलाई राहत प्याकेज ल्याउने घोषणा गरेका हुन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायलाई आग्रह गरे ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गरेका छन् ।
सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउँदै उनले पत्रकार आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको उल्लेख गरे ।
