प्रधानमन्त्री कप क्रिकेटः दोस्रो खेलमा पनि बागमतीको जित

तु खबर संवाददाता
२०७७ माघ ५, सोमबार १७:२४
file-photo

काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेल पनि बागमती प्रदेशले जित हात पारेको छ । सोमबार भएको उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै बागमती प्रदेशले शानदार जित हात पारेको हो ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ९९ रन बनाएको थियो ।

बागमतीका लागि पृथु बाँस्कोटाले ८४ र आदिल खानले ६३ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२–३२ रनको योगदान गरे ।

बलिङतर्फ सुदूरका नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र सन्तोष भट्टले समान दुई–दुई विकेट लिए ।

तीन सय रनको लक्ष्य पाएर ब्याटिङमा उत्रिएको सुदूर २१ ओभरमा एक सय १९ रन बनाउँदा अलआउट भयो ।

सुदूरका लागि नारायण जोशीले अविजित ४४ र अर्जुन साउदले ३१ रन बनाए पनि ६ खेलाडीले एक रन पनि जोड्न सकेनन् ।

बलिङतर्फ बागमतीका रामनरेश गिरीले चार विकेट लिँदा नारायण यादवले दुई विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*