बागमती प्रदेशस्तरीय प्रशिक्षणमा मकवानपुरका ४ खेलाडी
मकवानपुर । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशस्तरीय टिम छनोटका लागि बन्द प्रशिक्षणमा मकवानपुरका चार जना खेलाडी समेटिएका छन् ।
बागमती प्रदेशले आगामी माघ २ गते हुने उक्त प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा २५ जना खेलाडी समेटिएका छन् । जसमा मकवानपुरका ४ जना खेलाडी समेटिएका हुन् । प्रशिक्षणमा मकवानपुरका विशाल फुयाल, तक्षक सिम्खडा, रामनरेश गिरी र रिजन ढकाल समेटिएका हुन् ।
प्रधानमन्त्री कप पुरुष क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ३ विभागीय टोलीसहित ७ प्रदेशको सहभागिता रहनेछ ।
