नेकपा ओली समुहको केन्द्रीय कमिटी बैठक शुरु

तु खबर संवाददाता
२०७७ पुष ९, बिहीबार १४:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको केन्द्रीय कमिटीको बैठक आज अपराह्न शुरु भएको छ ।

बैठक केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सुरु भएको हो । ओली समूहको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो ।

बैठकमा मनोनित केन्द्रीय सदस्यलाई शपथ गराइने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । नयाँ थप मनोनीत केन्द्रीय सदस्य ५५६ जना रहेका छन् ।

केन्द्रीय कमिटीको यही पुस ७ गते बसेको बैठकले एक हजार १९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*