नेकपाका दुवै पक्षले बोलाए आफू निकट सांसदहरुको अलग–अलग बैठक
काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेको बेला नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ ।
