संसद विघटनको सिफारिस लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर बज्रपात : पत्रकार महासंघ

तु खबर संवाददाता
२०७७ पुष ५,आईतवार १३:३५

मकवानपुर । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ ।

आइतबार विज्ञप्ति जारी गरी महासंघले प्रधानमन्त्रीको यो कदम २०६२/०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संवैधानिक व्यवस्थाविरुद्ध भएको ठहर गरेको छ ।

महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । त्यस्तै, सम्पूर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूलाई प्रधानमन्त्रीको कदमको विरोध गर्न महासंघले आग्रह गरेको छ।

हेर्नुहोस् विज्ञप्ती

[pdf-embedder url=”https://www.tukhabar.com/wp-content/uploads/2020/12/press-bigyaptti-fnj.pdf”]

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*