‘अब राजा ल्याऔं, देश बचाऔं भनौं’ : कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले जनताले राजालाई ल्याएर राजा र देश बचाउनु पर्ने बताएका छन्।
पार्टी कार्यालय चाबहिलमा सोमबार आयोजित झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले भने, ‘राजा आऊ देश बचाउ होइन, जनता आउ देश बचाउँ भनौं।’
अध्यक्ष थापाले राजालाई बचाउन जनता नै जाग्नु पर्ने बेला आएको बताउँदै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनको माग गरेका हुन् ।
थापाले देशभर ठूलो संख्याको उपस्थितिमा भइरहेका प्रदर्शनलाई आफूले उत्सुकतापूर्वक हेरिरहेको पनि बताए।
