आज चीनका रक्षामन्त्री नेपाल आउँदै

तु खबर संवाददाता
२०७७ मंसिर १४, आईतवार ०७:५८

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् ।

फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

उनी आज साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*