हेटौंडा–१० का ५० जना नेपाली काँग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७७ मंसिर १३, शनिबार १४:२४

मकवानपुर । विभिन्न पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

काँग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं. १० को आयोजानमा भएको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम विभिन्न पार्टी परित्याग गरी ५० जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रम काँग्रेस हेटौंडा–१० का सभापति कालु घलानको अध्यक्षता तथा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापती इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि बानियाँले नव प्रवेशीहरुलाई खादा र माला लगाई पार्टीको सदस्यता दिई पार्टीमा स्वाग गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, नगर अध्यक्ष अनन्दराम पराजुली, नेपाली काँग्रेस नेता रमेश दोज कार्कीलगायत काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*