बुर्ज खालिफामा फहरायो नेपालको झन्डा

तु खबर संवाददाता
२०७७ आश्विन ४,आईतवार ०८:५८

काठमाडौँ । संविधान दिवसको अवसरमा संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झन्डा फहराइएको छ।

हिजो सो भवनमा नेपालको झन्डा फहराइएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासको अनुरोधमा बुर्ज खालिफामा झन्डा फहराइएको हो। बुर्ज खालिफाको भेरिफाइड फेसबुक पेजमा नेपालको राष्ट्रिय झन्डा फहराइएको छोटो भिडियो राखिएको छ।

नेपालले विगतका वर्षमा पनि संविधान दिवसका अवसरमा बुर्ज खालिफामा झन्डा फहराउँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*