नेपालको झण्डा जलाएर भिडियो बनाएका तामाङ पुर्पक्षका लागि जेल चलान
काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सोमबार जिल्ला अदालत काठमाडौंक न्यायाधीश विनोदराज पोखरेलको इजलासले तीन जनालाई १५ हजार धरौटीमा र पाँच जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ ।
झण्डा जलाएको अभियोगमा प्रहरीले गायकसहित ९ जनालाई पक्राउ गरेको थियो ।
गत १ भदौमा झण्डा जलाएको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ जनालाई पक्राउ गरेको थियो । उनीहरू प्रहरीले राज्यविरुद्धको अपराध मुद्दा चलाएको थियो ।
स्रोतः शिलापत्र