हवाइमार्गबाट काठमाडौँ ओर्लिएपछि अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय
काठमाडौँ । विदेशबाट नेपाल आउनेहरुले अब होटलमा अनिवार्य ७ दिन बस्नु पर्ने भएको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले यस सम्बन्धी मापदंड निर्धारण गरेसँगै अब विदेशबाट नेपाल आउनेहरु ७ दिन होटलमै बस्नु पर्ने र आउनु अघि नै कुन होटल बस्ने भन्ने बुकिङ हुनुपर्ने मापदंड निर्धारण गरेको हो ।
हवाइमार्गबाट काठमाडौं ओर्लिनेहरु होटलमा बस्नुपर्नेछ । सरकारले चार्टर्ड तथा उद्धार फ्लाइट फेरि सुरु गर्ने भएको छ । सरकारले होटलको सूची प्रकाशित गर्ने र ती होटलहरु बुकिङ गरेर नेपाल ओर्लन पाइनेछ । एक दिनमा बढीमा तीन वटा उद्धार उडान भर्ने अनुमति दिइनेछ ।
हवाइमार्गबाट तोकिए बमोजिम मात्र यात्रुहरु आउन दिने र त्यसरी आएका यात्रुहरु ७ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने तथा कोरोना नेगेटिभ आएमा मात्र घर जान दिने निर्णय भएको हो ।
