प्रदेश सरकारको नाटक – निकुञ्जका कर्मचारीलाई कारवाही नगर्ने, चामलको बोरा बाँड्दै हिड्ने

तु खबर संवाददाता
२०७७ श्रावण १०, शनिबार १९:३२
तस्वीर : नारायण सापकोटा

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले चितवनको माडी नगरपालिका वडा नम्वर ९ कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गरी घरबार विहिन बनाइदिएका चेपाङ परिवारलाई आज आज राहत वितरण गरेका छन् ।

केही दिनअघि निकुञ्ज प्रशासनले सिमान्तकृत चेपाङहरुको ८ घरमा हात्ति लगाएर भत्काएको तथा २ भरमा आगो लगाइदिएको थियो ।
सो घटनामा पीडित भएकाहरुलाई राहत स्वरुप खाद्यान्न बाँड्न मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार थपलिया माडी पुगेका हुन् ।

सरकारी निकायबाट बर्बरतापूर्वक नागरिकको घरमा आगो लगाउने कार्यको चौतर्फी विरोध भइरहको छ । बिचल्लीमा परेका चेपाङ परिवारलाई बासस्थानको व्यवस्था गरी दोषी निकुञ्जको कर्मचारीहरुमाथि छानवीन गरी कारवाही गर्नुपर्नेमा मुख्यमन्त्रीका सल्लाहकारनै राहत बाँड्ने नाटक गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*