जम्मू काश्मिरः हुर्रियतका अध्यक्ष मोहम्मद असरफ सेहराई पक्राउ

एजेन्सी
२०७७ असार २८, आईतवार ११:५८

जम्मु काश्मिर प्रहरीले तहरिक–ए–हुर्रियतका अध्यक्ष मोहम्मद असरफ सेहराईलाई पक्राउ गरेको छ ।

प्रहरीले सेहराईलाई उनको निवाबाट आइतबार बिहानक करिब ५ बजे पक्राउ गरेको हो ।

सेहराई कश्मिरी पृथकतावादी नेता तथा तहरिक–ए–हुर्रियतका अध्यक्ष हुन् । उनी हुर्रियतको इतिहासमा पहिलो पटक निर्वाचित भएका अध्यक्ष हुन् ।

प्रहरीका एक अधिकारीले सेहराईलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । यद्यपि उनलाई कुन विषयलाई लिएर पक्राउ गरिएको भन्ने खुलाइएको छैन ।

सेहराई १९ मार्च, २०१८ मा तहरिक–ए–हुर्रियतको मजलिस–ए–शोराद्वारा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । त्यसपछि १९ अगस्तमा तीन वर्षका लागि अध्यक्ष चयन भएका हुन् ।

मोहम्मद असरफ सेहराई १९५९ मा सैयद अली शाह गिलानीका सहयोगी बनेका थिए । १९६५ मा सरकार विरोधी गतिविधिका कारण जेल परेका थिए ।

सेहराईका छोरा जुनैद एमबीएको अध्ययन सकेर हिजबुलमा सामेल भएका थिए । उनी हालै भएको एक भिडन्तमा मारिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*