कोरोना संक्रमणमा नयाँ रेकर्ड, २४ घण्टामै थपिए २ लाख १२ हजार
विश्वमा कोरोनाका थप संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । २४ घण्टामा मात्रै विश्वभर २ लाख १२ हजार ३ सय २६ संक्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै बढी हो । सबैभन्दा बढी संक्रमित देखिएका राष्ट्रमा क्रमशः अमेरिका, ब्राजिल र भारत हुन् ।
त्यस्तै, विश्वभर संक्रमितको संख्या १ करोड १२ लाख नाघेको छ । जसमध्ये ६० लाख ४० हजार निको भएका छन् ।
भारतमा मात्रै गएको २४ घण्टामा झण्डै २५ हजार ८ सय ५० जना संक्रमित थपिएका छन् भने ६ सय १३ जनाको ज्यान गएको छ ।
आइतबारसम्म भारतमा संक्रमितको संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १९ हजार दुई सय ६८ पुगेको छ ।
