विश्वभर कोरोना संक्रमित संख्या १ करोड १० लाख नाघ्यो, ५ लाखभन्दा बढीको मृत्यु
विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १० लाख ३१ हजार पुगेको छ।
संक्रमितमध्ये हालसम्म विश्वका ५ लाख २३ हजार बढीको मृत्यु भएको छ ।
संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ। हालसम्म त्यहाँ २७ लाख ८८ हजार बढी संक्रमित फेला परेका छन्। संक्रमणबाट अमेरिकामा करिब १ लाख ३० मानिसको मृत्यु भइसकेको छ।
पछिल्लो समय अमेरिकामा संक्रमित संख्या तीब्र गतिमा बढिरहेको छ।
यसैगरी संक्रमित संख्याको आधारमा ब्राजिल दोश्रो नम्बरमा रहेको छ भने रूस तेश्रो नम्बरमा रहेको छ। यसैगरी सर्वाधिक संक्रमित भएको मुलुकमा भारत चौथो नम्बरमा रहेको छ।
संक्रमित संख्याको आधारमा ल्याटिन अमेरिकी मुलुक पेरू पाँचै नम्बरमा छ।
पेरूमा संक्रमित संख्या दुई लाख ९५ हजार बढी भइसकेको छ भने मृतक संख्या १० हजार नाघेको जोन्स हप्किन विश्व विद्यालयले जनाएको छ।
