आज ईद पर्व , प्रधानमन्त्री ओलीद्वारा शुभकामना प्रदान

तु खबर संवाददाता
२०७७ जेष्ठ १२, सोमबार ०७:३३
फाइल तस्बिर

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्वको सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान गरेका छन् । उनले ईद पर्वलाई सम्पूर्ण नेपालीको मौलिक पुँजी हो समेत भनेका छन् ।

कोरोनाको महामारीमा विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह पनि गरेका छन् ।

रमदानको रोजा पूरा गरी आज ईद मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुताको मौलिक पहिचान भएको उल्लेख गरेका छन् ।

बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रूपमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*