राष्ट्रिय स्तरको वक्तृत्वकलामा हेटौँडा जेसीज प्रथम
मकवानपुर । नेपाल जेसीजको आयोजनामा सोमबार अनलाईनमार्फत् राष्ट्रिय स्तरको बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल जेसीज शिप विकास कमिटीकी अध्यक्षसमेत रहेकी सिनेटर रुक्मणी सिग्देलको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक सङ्खर रहेका थिए ।
‘विश्व माहामारी चुनौती र अवसर’ विषयक बक्तित्वकला प्रतियोगितामा नेपाल जेसिज अन्तरगतका २९ वटा शाखाहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा भलवारी जेसीजका पूर्व अध्यक्ष मुक्तिनाथ गैरे, नेपाल जेसिज की पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मि शिल्पकार र पूर्व रास्टिय उपाध्यक्ष मन्जरी घिमिरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा हेटौँडा जेसीजका छतेन्द्र आचार्य प्रथम, कोहल्पुर जेसीज की कृतिका आचार्य दोस्रो र काठमाडौँ जेसीज कि तारा न्यौपाने तृतिय भएका हुन् ।
