हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह आजबाट

तु खबर संवाददाता
२०७९ भाद्र २७, सोमबार ०८:३३

मकवानपुर । हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह आज सोमबारबाट सुरु हुने भएको छ । यस बर्ष हेटौंडा लेडी जेसिजले भदौ २७ गतेबाट ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजन गर्दै जेसिज सप्ताह मनाउन लागेको हो ।

जेसिज सप्ताह अन्तर्गत आज तीन वटा कार्यक्रमको आयोजना गर्ने भएको छ । पहिलो कार्यक्रम अन्तर्गत मनहरीस्थित आमा घर नेपालमा सहयोग हस्तान्तरण, महिला हिंसाविरुद्ध सचेतना तालिम र हुप्रचौर सरसफाइ कार्यक्रमको आयोजन गरिएको जनाएको छ ।

त्यस्तै, भोलि २८ गते हेटौंडा–११ स्थित त्रिभुवन माविमा आत्मरक्षा तालिम र मकवानपुर बहुमुखी क्याम्पसमा स्वर्गीय बुद्ध रत्न शाक्य स्मृति वक्तृत्वकला कार्यक्रमको आयोजना गरिएको हेटौंडा लेडि जेसिज अध्यक्ष कविता पौडेलले जानकारी दिइन् ।

त्यसैगरी, भदौ २९ गते मकवानपुरगढी–५ मा रहेको मञ्जुश्री आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग कार्यक्रम र स्लो स्कुटर रेसको आयोजन गरिएको र ३० गते बिहान हेटौंडा–४ मा डेंगुविरुद्धको सचेतना कार्यक्रम गर्दै सोही दिन साँझ समापन कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक सजिता केसी खत्रीले जानकारी दिइन् ।