नेवि संघद्वारा हेटौँडामा विरोध प्रदर्शन

तु खबर संवाददाता
२०७७ बैशाख १२, शुक्रबार ०९:१७

काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आज देशैभर प्रर्दशन गर्ने भएको छ ।

हिजो विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको जनकारी दिए । अध्यादेशविरुद्ध भोलि विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे ।

सोही कार्यक्रम अनुसार हेटौँडाको बुद्ध चोकमा पनि प्रदर्शन सुरु भएको नेवि संघ मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*