म अपहरणमा परेको होइन, प्रधानमन्त्रीले बोलाउनुभएको थियो, त्यसकारण गएको हुँ – डाक्टर सुरेन्द्र यादव
काठमाडौँ । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले आफुलाई प्रधानमन्त्रीले बोलाएर गएको अपहरणमा नपरेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न जनकपुरबाट काठमाडौँ गएकोे उनले बताएका छन् ।
डाक्टर यादवले नेकपाका साँसद महेश बस्नेत र किसान श्रेष्ठ एकाएक जनकपुर आएर काठमाडौँ जाउ भनेको बताए । तपाइलाई प्रधानमन्त्रीले भेट्न खोज्नु भएको छ, जाउँ भनेपछि आफू काठमाडौँ आएको यादवको भनाई छ ।
यसअघि उनको पार्टीले यादव अपहरणमा परेको जनाएको थियो । यसमा प्रधानमन्त्री ओलीको नाम मुछिएको थियो ।
