प्रचण्डको आग्रहपछि प्रधानमन्त्रीले भने– अध्यादेश फिर्ता लिन्छु

तु खबर संवाददाता
२०७७ बैशाख ११, बिहीबार १४:१८
file photo

पार्टी भित्रबाटै चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार भएका छन् ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका कार्यकारी अध्यक्ष र प्रधानमन्त्री ओलीबीच सोही विषयमा छलफल भएको थियो ।

छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

त्यस्तै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*